पेनाल्टी सुटआउटमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनल प्रवेश

1.24K shares

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा क्रोएसिया सेमिफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई हराएको हो ।

निर्धारित समयभित्र गोल हुन नसकेपछि थपिएको समयमा ब्राजिलका नेइमारले सुरुवाति अग्रता दिलाएका थिए । तर, खेलको एक सय १७ औँ मिनेटमा क्रोएसियाका भ्लादिमिर पेट्कोभिचले बराबरी गोल फर्काएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

सुटआउटमा ब्राजिलका रोडरिगोले प्रहार गरेको पेनाल्टी क्रोएसियन गोलकिपर डोमिनिकले बचाएका थिए। साथै ब्राजिलका लागि मार्किन्होसले प्रहार गरेको चौथो पेनाल्टी पोलमा लागेर फर्केको थियो। त्यस्तै, क्रोएसियाका लागि निकोला भ्लासिचले पहिलो, लोभ्रो मायरले दोस्रो र कप्तान लुका मोड्रिचले तेस्रो पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गरेको गोल नै निर्णायक बन्यो।

1.24K shares