नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमेफाइनलमा

1.24K shares

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।

निर्धारित समय र थप गरिएको समयमा २–२ को बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुई पेनाल्टी रोकेपछि नेदरल्याण्ड्सलाई अर्जेन्टिनाले ४ – ३ ले पराजित गरेको हो ।

अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ।

1.24K shares