असार २९ गतेबाट हलहरुमा ‘बद्रीबहादुर’

1.49K shares

काठमाडौँ । चलचित्र बद्रीबहादुर असार २९ गतेबाट प्रदर्शन हुने भएको छ । चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तोकेको हो ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

रामकाजी घिमिरेले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरले निर्माण गरेको हो ।

1.49K shares