फेरि एकसाथ पल र मलिका, पीएम जोडीको जादु फर्केला ?
वि.सं.२०८० साउन ६ शनिवार ०४:०९

काठमाडौँ । केहि वर्ष अगाडि अभिनेता पल शाह र मलिका महतको जोडीलाई दर्शकले खुब रुचाएका थिए । फुलबुट्टे सारी, टाढा भएपनि जस्ता सुपरहिट गीतमा पल र मलिकाको जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । उनिहरुको म्युजिक भिडियो त हिट नहुने कुरै थिएन ।
तर, बिचमा पल शाहको जीवनमा घटेको एउटा घटनाले परिस्थितिलाई बदलिदियो । पल जेल गए भने मलिका फिल्मतिर व्यस्त हुन थालिन् । यो बिचमा मलिकाले सतिदेवी र अगस्त्य फिल्ममा काम गरिसकेकी छिन् ।
पलबिना मलिकाको कुनै पनि भिडियो चल्न सकेन । यो बिचमा उनका म्युजिक भिडियोको बारेमा कुनै चर्चा नै भएन । फेरि एकपटक दर्शकले रुचाएको पीएम जोडी पर्दामा देखिने भएको छ । गायक खेम सेन्चुरी र गायिका अनिता चलाउनेको स्वरमा रहेको ‘यो उमेर यस्तै हो कि जोवन त्यस्तै हो’ बाट फेरि पीएम जोडीले आफ्नो जादु देखाउने छ ।
के पीएम जोडीको पुरानो जादु फर्केला त ?
वि.सं.२०८० साउन ६ शनिवार ०४:०९








