जुलेबीको ट्रेलर : रत्नपार्कको कथा

1.94K shares

काठमाडौँ । गणेशदेव पाण्डेको चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट लामो ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।

तीन भिन्न भिन्न पात्रहरुको कथा ट्रेलरमा देखाइएको छ । यौन मनोविज्ञानमा आधारित देखिने ट्रेलरमा यौन चाहनालाई प्रस्तुत गरिएको छ । फिल्मको कथा रत्नपार्कको वरिपरि घुमेको देख्न सकिन्छ ।

फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, पुष्कर कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म भदौ १ गतेदेखि प्रदर्शनमा आउनेछ ।

1.94K shares