सारुककी आमाको प्रहरीलाई आग्रह : फोन डिटेल प्रष्ट अगाडि ल्याउनुस्
वि.सं.२०८० भदौ १९ मंगलवार ०२:५३

काठमाडौँ । अभिनेता सारुक ताम्रकारको निधन भएको लगभग २ महिना पुग्न लागिसक्यो । यसबिचमा उनकोको निधनबाट बिक्षीप्त बनेका बाबु सानु ताम्राकारको पनि निधन भइसकेको छ । तर, प्रहरीले अहिलेसम्म निधनको कारणबारे केहि खुल्न सकेको छैन ।
यसैबिचमा सोमबार सारुककी आमा रुकमणि ताम्राकारले छोराको आत्महत्याको कारण सार्वजनिक गर्न प्रहरी प्रशासनलाई आग्रह गरेकी छन् । उनले सामाजिक संजालमार्फत पोष्ट गरेर आग्रह गरेकी हुन् ।
उनले सामाजिक संजालमा लेखेकी छन्, ‘मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान् पनि गुमाउँदा ममाथि ठुलो बज्रपात परेको छ । यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहाँसम्म पुग्यो भन्ने कुराको खबर न आउँदा, म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि छोराको अन्तिम सुटिङको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोसँंग गरिओस् र पुलिसले फोन डिटेल प्रस्ट अगाडि ल्याउनु हुन अनुरोध गर्दछु ।’
वि.सं.२०८० भदौ १९ मंगलवार ०२:५३





