दिवाकरले ‘मायावी’ बनाउने
वि.सं.२०८० भदौ २० बुधवार ०८:३४
2K
shares

काठमाडौँ । दिवाकर भट्टराईले ‘मायावी’ नामक चलचित्र निर्देशन गर्ने भएका छन् । पछिल्लो समय गुमनाम जस्तै रहेका उनले यहि फिल्ममार्फत कमव्याक गर्न लागेका हुन् ।
फिल्ममा उनकै कथा रहेको छ । प्रेमकथामा निर्माण हुने फिल्ममा अभिनेत्रीको रुपमा दीपिका प्रसाँई फाइनल भइसकेकी छन् । फिल्मका अन्य कलाकारको छनौट भने बाँकी रहेको छ । फिल्मको छायांकन असोज २ गतेबाट हुने जनाइएको छ ।
भट्टराईले पछिल्लोपटक अनमोल केसिलाई लिएर ‘क्याप्टेन’ निर्देशन गरेका थिए । फिल्म फ्लप भएको थियो ।।
वि.सं.२०८० भदौ २० बुधवार ०८:३४
2K
shares





