‘डा. कार्तिक’ फिल्म बन्दै, उत्तमले निर्देशन गर्ने

2.31K shares

काठमाडौँ । डा. कार्तिक नामक फिल्म निर्माण हुने भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर अग्रज कलाकार बशुन्धरा भुषाल, शर्मिला मल्लको उपस्थितिमा फिल्मको आज शुभमूर्हत गरिएको हो ।

फिल्मलाई उत्तम संजेलले निर्देशन गर्ने भएका छन् । फिल्मको एक्जुक्युटिभ प्रोड्युसरमा गायिका देभिका बन्धना र सागर कटुवाल रहेका छन् ।

फिल्मका लागि प्रभात पाल ठकुरी र रुबिना थापा मुख्य कलाकारका रुपमा रुपमा अनुबन्धित भइसकेका छन् । बाँकि कलाकारको छनौट बाँकी रहेको निर्माण टिमले जनाएको छ ।

फिल्ममा किरण कँडेलको संगीत रहेको छ भने कबिराज गहतराजको कोरियोग्राफि रहनेछ । फिल्मलाई राम केसीले खिच्नेछन् ।

2.31K shares