दयाले वर्षमा तीनवटा मात्र फिल्म गर्ने
वि.सं.२०८० असोज २ मंगलवार ०२:२९

काठमाडौँ । अभिनेता दयाहाङ राई अहिलेका एकदमै डिमान्डेड अभिनेता हुन् । मेकरहरु उनलाई फिल्ममा लिनका लागि मरिहत्ते गरेर लागि परेका छन् । दयाले पनि लगातार फिल्म साइन गरिरहेका छन् ।
मेकर उनलाई लिन मरिहत्ते पनि किन नगरुन्, उनलाई लिएपछि फिल्म चल्ने एउटा आश हुन्छ । २०८० को आधा वर्ष सकिनै लाग्दा दयाको फिल्मले मात्र राम्रो कमाई गरेको छ । वर्षको सुरुवातमा प्रदर्शन भएको जारीले ब्लकबस्टर व्यापार गर्यो भने जेठमा आएको नीरफुलले औशत । हाल हलमा प्रदर्शन भइरहेको नांगो गाउँले बम्पर व्यापार गरिरहेको छ । अन्य निर्माताहरुको फिल्मको हालत एकदमै खराब स्थितिमा रहेको छ ।
यसै बिच दयाले अब वर्षमा तीन चारवटा मात्र फिल्म गर्ने बताएका हुन् । नांगो गाउँले बम्पर ओपनिङ गरेपछि आयोजना गरिएको प्रेस मिटमा उनले अब चुजि हुन लागेको संकेत गरेका छन् । कथाबस्तु लामो समयसम्म उत्तिकै सान्दर्भिक हुने खालको छनौट गर्ने पनि उनले बताए ।
वि.सं.२०८० असोज २ मंगलवार ०२:२९








