असोज ८ बाट अखिल फुटसल कप २०८० आयोजना गर्दै
वि.सं.२०८० असोज १ सोमवार १३:४४

काठमाडौ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु) आरआर क्याम्पस कमिटीले अन्तर कलेज तथा क्यामपस स्तरीय ‘अखिल फुटसल कप २०८०’ सञ्चालन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज ८ देखि १० गतेसम्म अखिल फुटसल कप आयोजना गरिएको र कार्यक्रमको सबै तयारी पुरा भैसकेको अनेरास्ववियु) आरआर क्याम्पस कमिटिका अध्यक्ष लोकेश खड्काले बताएका छन।
खड्काका अनुसार पछिल्लो समय कलेजका बिधार्थी बिश्वबिधालयमा नआउने र बिदेश बाहिरिने गरेकोले कलेजका बिधार्थीलाइ बिश्वबिधालयमा आकर्षित गर्न पनि १० कक्षा भन्दा माथिका बिधालयलाई समेत सो कार्यक्रम मा सहभागि गराउन लागीएको हो । खेलाडीहरूको जीवनलाई जीविकोपार्जन गर्न पनि कठिन भैरहेको अवस्थामा अनेरास्ववियु आर आर क्याम्पस कमिटीले विश्वविद्यालयभित्र रहेका विद्यार्थी खेलाडीहरूका बिचमा प्रतिस्पर्धा गराई सानो रकमको भए पनि नगद पुरस्कारको व्यवस्था गरेको कमिटीका अध्यक्ष लोकेश खड्काले बताएका छन् । प्रतियोगिताको विजेतालाई एक लाख ११ हजार एक सय एघार रुपैयाँ र उपविजेतालाई ५५ हजार ५५५ रुपैयाँको पुरस्कारको व्यवस्था गरेको जानकारी दिएको छ । साथमा सिल्ड, मेडल तथा प्रमाण प्रत्र प्रदान गरिनेछ साथै उत्कृष्ट विधाका खेलाडीहरुलाइ ट्रफिको व्यवस्था गरिएको छ ।
आयोजकको तर्फबाट गर्ने सम्पूर्ण तयारीहरू सम्पन्न गरिसकेको र उक्त प्रतियोगितामा सहभागी हुने क्याम्पसका खेल टिमले १० हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्ने र असोज ५ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने खड्काले जानकारी दिए । प्रतियोगिताको उ्घाटन र समापन आरआर क्यम्पस प्राङ्गण हुनेछ भने प्रतियोगिता फनपार्क कोट, काठमाडौ हुने र ठाँउ भने आयोजकको निर्णयमा परिवर्त समेत हुन सक्ने अध्यक्ष खड्का ले बताए।
वि.सं.२०८० असोज १ सोमवार १३:४४








