सरकार र राहत शिक्षकबिच आज वार्ता हुने भएको छ

1.03K shares

काठमाडौं । सरकार र राहत शिक्षकबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुने भएको हो।

शिक्षामन्त्री अशोककुमार राईसहित आन्दोलनरत राहत शिक्षक र बालविकास शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा अनौचारिक संवाद भएपछि शुक्रबार वार्ता हुने भएको हो। राहत, अनुदान शिक्षक र बालविकास शिक्षकबिच छलफल भएपछि वार्तामा बस्न आधिकारिक रूपमा पत्र पठाएको शिक्षा मन्त्रालयको स्रोतले पताए।

1.03K shares