शिल्पा शेट्टीको श्रीमान् जेल जीवनमा आधारित फिल्म बनाउँदै

1.97K shares

काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्राले आफ्नै जीवनमा आधारित फिल्म बनाउने भएका छन् । उनले ‘UT-69’ फिल्म ल्याउँदैछन् । फिल्म उनले पोर्नोग्राफी मुद्दामा पक्राउ देखि जमानतमा रिहा हुने समयसम्म भोगेको कथामा आधारित हुनेछ ।

फिल्ममा राजले आफ्नै भूमिका खेलेका छन् । जेल गएपछि परिवारमा परेको समस्या फिल्ममा देखाउन खोजिएको जनाइएको छ ।

राजले जेलमा ६३ दिन बिताएका थिए । पोर्न फिल्म बनाएको आरोपमा उनलाई जुलाई २०२१ मा मुम्बई पुलिसको अपराध शाखाले पक्राउ गरेको थियो। सेप्टेम्बर २०२१ मा, मुम्बई मजिस्ट्रेट अदालतले उनलाई जमानत दिएको थियो।

 

 

1.97K shares