‘भष्मे डन’ दोस्रो हप्तामा

2.46K shares

काठमाडौँ । दशैँको छेको पारेर गत शनिबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’ दोस्रो हप्तामा प्रवेश गरेको छ । हलहरुमा राम्रो प्रदर्शन भइरहेको चलचित्र आजदेखि दोस्रो सातामा प्रवेश गरेको हो ।

दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको चलचित्रले बक्सअफिसमा भने राम्रो गरिरहेको छ । लामो समयदेखि नेपाली चलचित्र नचलिरहेको बेला भष्मे डनले थोरै भएपनि आशा जगाएको छ ।

खगेन्द्र लामिछानेको कथा रहेको फिल्मलाई उनैले नै निर्माण गरेका हुन् । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वातिमा खड्का,वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

2.46K shares