रेखाको फिल्म ‘उपहार’को गीत सार्वजनिक
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०९:५०
1.99K
shares

काठमाडौँ । अभिनेत्री रेखा थापाको नयाँ फिल्म ‘उपहार’को गीत सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलमार्फत ‘वा वा वा’ बोलको गीत सार्वजनिक भएको हो ।
शंकर अधिकारीको शब्द रहेको गीतमा बबुल गिरीको संगीत रहेको छ । गीतमा बबुल र एलिना चौहानले स्वर दिएका छन् ।
भिडियोमा रेखाको जोडि मुकुन भुषाल बनेका छन् । त्यस्तै, पूजा शर्माको जोडि समपर्ण कार्की बनेका छन् भने बेनिशा हमालको जोडि तेज गिरी ।
रेखा फिल्मस र कपनगढि सिनेमा मिलेर निर्माण गरेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । सुलक्षण भारतीको कथा रहेको फिल्म फागुन २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०९:५०
1.99K
shares








