दयाहाङको ‘रंगेली’सँग भिड्दै रेखाको ‘उपहार’

2.37K shares

काठमाडौँ । अभिनेत्री रेखा थापाको नयाँ फिल्म ‘उपहार’को प्रदर्शन मिति तय भएको छ । शुक्रबार फिल्मको गीत रिलिज सँगसँगै प्रदर्शन मिति पनि तय भएको छ । फिल्म फागुन २५ गतेदेखि प्रदर्शनमा आउनेछ ।

फागुन २५ मा दयाहाङ राईको दुई फिल्म प्रदर्शनमा आउने तय भइसकेको छ । ‘रंगेली’ र ‘लोकल हिरो’ ले सोहि मितिलाई प्रदर्शन मिति तोकेको छ । यस्तोमा रेखाको उपहार पनि थपिएको छ ।

पछिल्लो समयको सर्वाधिक सफल जोडि दया र मिरुना मगर अभिनित फिल्मसँग अब ‘उपहार’ले भिडन्त गर्ने पक्का भएको छ । ‘उपहार’मा पनि स्टारकाष्टको कमि छैन । रेखा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पण कार्की लगायतका कलाकार फिल्ममा रहेका छन् ।

लगातार हिट दिइरहेको जोडिको फिल्मसँग जुध्नु रेखाको लागि थोरै गाह्रो हुनसक्छ । रेखा केहि समय राजनीतिमा सक्रिय रहेर फेरि फिल्म क्षेत्रमा कमब्याक गर्न लागेकी हुन् ।

2.37K shares