क्यानले फाइनलको रकम भुकम्प पिडितलाई दिने

2.21K shares

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपको एसिया छनोटको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकम भुकम्प पिडितलाई सहयोगार्थ दिने भएको छ । क्यानले फाइनल खेलबाट प्राप्त हुने ५० प्रतिशत रकम सहयोग गर्ने भएको हो ।

गतराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले ठुलो मानवीय तथा भौतिक क्षति भएको छ ।

छनोट प्रतियोगिताको फाइनलमा नेपाल र ओमान आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्दैछन् ।

 

2.21K shares