उद्धार कार्यमा एमाले सरकारको साथमा छ
वि.सं.२०८० कात्तिक १८ शनिवार १०:०३
3.24K
shares
Consultation meeting, PM KP Sharma Oli
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा सरकारकै साथमा रहेको बताएका छन् । गतराति जाजरकोटमा गएको भुकम्पले मानविय र भौतिक क्षति पुर्याएको छ । यस्तोमा प्रमुख प्रतिपक्ष दलले सरकारको साथमा रहेको बताएको छ ।
मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न सरकारलाई आग्रह गरे । सरकारले नगरे एमालेले गर्ने चेतावनी पनि उनले दिए ।
वि.सं.२०८० कात्तिक १८ शनिवार १०:०३
3.24K
shares








