भुकम्प पीडितका लागि पल शाहले ५० हजार सहयोग गर्ने
वि.सं.२०८० कात्तिक १८ शनिवार १०:१२
2.47K
shares

काठमाडौँ । अभिनेता तथा मोडल पल शाहले भूकम्पबाट पीडितका लागि आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले हाम्रो टिम नेपाल संस्था मार्फत ५० हजार सहयोग रकम घोषणा गरेका हुन् ।
सामाजिक संजालमार्फत सहयोग घोषणा गर्दै उनले भूकम्पले धेरै घरहरू भत्किएकाले नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्धार गर्न उनले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।
शुक्रवार राती ११स्४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले मानविय र भौतिक क्षति पुर्याएको थियो ।
वि.सं.२०८० कात्तिक १८ शनिवार १०:१२
2.47K
shares








