नि : शुल्क भीपीएन प्रयोग नगर्न प्राधिकरणको आग्रह

1.65K shares

काठमाडौँ । सरकारले टिकटक प्रतिबन्ध गरेपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर टिकटक चलाउने क्रम बढ्दो छ । यस्तैमा नेपाल सरकारको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फ्री भीपीएन नचलाउन आग्रह गरेको छ ।

प्राधिकरणले जथाभावी भीपीएनको प्रयोग जोखिमपूर्ण रहेको भन्दै प्रयोग नगर्न आग्रह गरेको छ । भीपीएनहरुमा डाटाको सुरक्षा तथा गोपनीयतासँग सम्बन्धित कमजोरीहरू रहेको प्राधिकरणले उल्लेख गरेको छ । फ्री भीपीएन प्रदायकहरूले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्री वितरण गर्ने सम्भावना हुने भएकाले त्यस्ता भीपीएन जोखिमपूर्ण हुने प्राधिकरणले जनाएको छ ।

 

1.65K shares