ऋतिकको ‘फाइटर’को टिजर सार्वजनिक (टिजरसहित)

2.35K shares

काठमाडौँ । बलिउड अभिनेता ऋतिक रोशन स्टारर फिल्म ‘फाइटर’को टिजर सार्वजनिक भएको छ । शुक्रबार भायकम १८ स्टुडियोमार्फत टिजर सार्वजनिक भएको हो ।

रोमान्स र एक्सनले भरिएको टिजरमा मुख्य कलाकारहरु फिचर्ड छन् । फिल्ममा ऋतिक र दिपिका पादुकोण पहिलो पटक स्क्रिन शेयर गर्दैछन् । दुवैलाई स्क्वाड्रन लिडरको भूमिकामा देखाइएको छ । त्यस्तै, अनिल कपुरलाई पनि टिजरमा समावेश गरिएको छ ।

सिद्धार्थ आनन्द निर्देशित फिल्म २५ जनावरीबाट विश्वभर प्रदर्शनमा आउँदैछ । आनन्द यसअगाडि पठान र वार जस्ता ब्लकबस्टर चलचित्र दिएका थिए ।

 

 

 

2.35K shares