‘एनिमल’मा पहिलो रोजाइमा थिएनन् रणवीर

1.37K shares

काठमाडौँ । बलिउड फिल्म ‘एनिमल’ले यतिबेला चर्चासँगै बक्सअफिसमा पनि तहल्का मच्चाइरहेको छ । फिल्मले १ हप्तामा नै ३ सय करोडको आँकडा पार गरिसकेको छ ।

सन्दिप रेड्डि भंगाको निर्देशनमा बनेको फिल्मको यताकता आलोचना भएपनि फिल्मको हाइपले त्यो छायाँमा परेको छ । फिल्ममा रणवीर, अनिल कपुर, रश्मिका मण्दना, बबी देवल लगायतका कलाकारमो अभिनय रहेको छ ।

रणवीरको कामको चौतर्फि चर्चा भइरहेको छ, तर यस फिल्मका लागि रणवीर पहिलो रोजाइ थिएनन्। निर्देशकको पहिलो रोजाइमा थिए दक्षिण भारतिय अभिनेता महेश बाबु । चकलेटि हिरोको रुपमा सबैको मन जितेका महेश बाबुले फिल्म धेरै डार्क भएको कारण छाडेका थिए ।

सुरुमा ‘डेविल’ नाम राखिएको फिल्म अन्तिममा ‘एनिमल’ राखिएको थियो । महेश बाबुले फिल्मका प्रचारप्रसारमा भने साथ दिएका थिए ।

 

1.37K shares