‘पुजार सार्की’मा अन्जना र प्रतिक्षाको इन्ट्रि

1.2K shares

काठमाडौँ । दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म ‘पुजार सार्की’ मा अभिनेत्री अन्जना बराइली र प्रतिक्षा लिम्बु अनुबन्धित भएका छन्। फिल्मका लागि नायकहरु सुरुवातमै फाइनल भएपनि नायिकाहरु अनुबन्धित हुन बाँकि नै थिए ।

सोमबार निर्माण टिमले उनीहरूको तस्बिर सार्वजनिक गर्दै फिल्ममा अनुबन्ध गराएको जानकारी दिएका हुन्। यसअघि फिल्ममा अभिनेता आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह अनुबन्धित भइसकेका छन्।

अन्जनाले यसअगाडि ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । त्यस्तै, प्रतिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’ मा अभिनय गरेकी छन् ।

माघ पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रका लेखक विकाश सुवेदी हुन् । सुवेदी र निर्देशक राउतले यसअगाडि प्रकाशमा सहकार्य गरेको थिए । अ

1.2K shares