मैले लोन लिएको प्रमाण चाहियो, मैले ऋण तिर्न पाउनुपर्यो : रवि लामिछाने

1K shares

काठमडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले ऋण लिएको कुराबारे मुख खोलेका छन् । सोमबार नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले यसबारे कुराकानी गरेका हुन् ।

उनले जुन सहकारीबाट ऋण लिएको कुरा छ त्यो सहकारीमा आफु सदस्य नै नभएको दाबी गरे । ऋणको बारेमा गरिएको प्रचार झुटो भएको पनि उनले बताए । आफुले १ करोड ऋण लिएको प्रमाण दिन उनले चुनौति दिएका छन् ।

उनले भनेका छन्, “ऋण लिएको प्रमाण चाहियो । आफूले ऋण तिर्न पाउनुपर्यो ।”

 

 

1K shares