सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
वि.सं.२०८० पुस २५ बुधवार १२:१४
3.65K
shares

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । न्यायाधिश शिशिरराज ढकालले लामिछानेलाई ८ वर्ष कैद सहित ३ लाख जरिवाना, २ लाख क्षतिपूर्ति फैसला गरेका हुन् ।
यसअगाडि पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई दोषी ठहर गरेको थियो । लामिछानेको सजाय निर्धारणका लागि आज तोकिएको पेसीमा फैसला गर्दै उनलाई उक्त सजाए तोकिएको हो ।
लामिछानेले पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।
वि.सं.२०८० पुस २५ बुधवार १२:१४
3.65K
shares





