चार दिनमै ‘फाइटर’ले कमायो १ सय २३ करोड

637 shares

काठमाडौँ । बिहीबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म फाइटरको यतिबेला सर्वत्र चर्चा रहेको छ । ठुला स्टारको फिल्म प्रदर्शमा आउँदा पहिलो कुरा त बक्स अफिस कलेक्सनको नै हुने गर्दछ ।

यस्तोमा फिल्मले २४.६० भारुको ओपनिङ गरेको छ । मल्टिस्टारकास्ट फिल्मको यो लेभलको ओपनिङ औषत हो । तर, फिल्मले दोस्रो दिन ४१.२० करोड भारुको कलेक्सन गरेको छ । तेस्रो दिन फिल्मले २७.६० करोड र चौथो दिन ३०.२० करोड भारुको कलेक्सन फिल्मले गरेको छ । फिल्मले हालसम्म भारतमा मात्रै १२३.६० करोड भारुको कलेक्सन गरेको छ ।

ट्रेड एनालिष्टहरुका अनुसार फिल्मले बिस्तारै पिकअप लिनेछ । फिल्मको मेकिङ र कन्टेन्टका कारण अब फिल्मको कलेक्सनमा सुधार आउने बताएका छन् ।

सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक, दीपिका पादुकोण, अनिल कपुर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

637 shares