रणवीर र आलिया बने उत्कृष्ट अभिनेता – अभिनेत्री

1.9K shares

काठमाडौँ । ६९औँ फिल्मफेयर अवार्डको घोषणा आइतबार राति भएको छ । रणवीर कपूरले एनिमलमा आफ्नो भूमिकाका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । यस्तै, रकी और रानी की प्रेम कहानीका लागि आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर अवार्ड प्रदान गरियो ।

यस्तै, टुवेल्थ फेलले सर्वोत्कृष्ट चलचित्र र उत्कृष्ट पटकथाको अवार्ड प्राप्त गर्यो । सोही फिल्मका लागि विधु विनोद चोपडालाई उत्कृष्ट निर्देशकको अवार्ड पनि दिइएको थियो । शबाना आजमीले रकी और रानी की प्रेम कहानीबाट उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् ।

ओएमजी २ लाई उत्कृष्ट कथाको अवार्ड प्रदान गरियो । इशिता मोइत्राले रकी और रानी की प्रेम कहानीका लागि सर्वश्रेष्ठ संवादको लागि फिल्मफेयर अवार्ड प्राप्त गरिन् । यस बाहेक पठानको गीत बेशरम रंगका लागि शिल्पा रावले उत्कृष्ट महिला पार्श्व गायिकाको अवार्ड प्राप्त गरिन् ।

1.9K shares