कियाराले लिइन् ‘डन ३’ का लागि १३ करोड

2.98K shares

काठमाडौँ । फरहान अख्तरको डन ३ का लागि कियारा आडवाणीले लिएको पारिश्रमिक सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार कियाराले करिअरकै उच्च पारिश्रमिक फिल्मका लागि लिएकी छन् ।

मिडिया रिपोर्टका अनुसार उनले १३ करोड पारिश्रमिक लिएकी हुन् । फिल्ममा कियाराको साथमा रणवीर सिंह डनको भूमिकामा रहेका छन् ।

शाहरुख खानले डनको तेश्रो पार्ट गर्न अस्विकार गरेपछि रणवीर अनुबन्धित भएका थिए । उनको रोललाई लिएर ट्रोल समेत भएको थियो ।

फिल्मका अघिल्ला पार्टहरु सफल रहेका थिए । अघिल्ला पार्टमा प्रियंका चोपडाले काम गरेकी थिइन् ।

 

2.98K shares