अजयको ‘शैतान’ले पहिलो दिन कति कमायो ?

483 shares

काठमाडौँ । बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म शैतान शुक्रबार बाट प्रदर्शनमा आएको छ । ट्रेलर रिलिजदेखि नै चर्चामा रहेको फिल्मले पहिलो दिन राम्रो ओपनिङ गर्न सफल भएको छ ।

फिल्मले पहिलो दिन १५.२१ करोड भारु कलेक्सन गरेको छ । फिल्मले आगामि दिनमा कलेक्सन बढाउने दाबि ट्रेड एनालिष्टहरुले गरेका छन् ।

विकाश वेह्लको निर्देशनमा बनेको फिल्ममा शैतानी शक्ति (काला जादु) को कथा देखाइएको छ । फिल्ममा अजयको साथमा आर माधवन, ज्यातिका लगायतका कलाकारको अभिनय रहेको छ ।

483 shares