म हिरोइन होइन कलाकार बन्न आएकी हुँ

483 shares

काठमाडौं । अभिनेत्री वर्षा राउतले आफु हिरोइन नभएर कलाकार बन्न आएको बताएकी छन् । अहिले महाजात्राको प्रचारप्रसारमा रहेकी उनले यस्तो बताएकी हुन् ।

‘जात्रा’को तेस्रो शृंखला ‘महाजात्रा’ चैत ९ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्ममा वर्षा फडिन्द्रको श्रीमती सम्पदा ‘सम्पु’को भूमिकामा छिन् ।

यसअघिका दुई श्रृंखला दर्शकबाट अत्याधिक रुचाइएको फिल्म सावित भएका थिए । जात्राको तीनै श्रृंखलामा वर्षाले निरन्तरता पाएकी छन् ।

‘महाजात्रा’मा फडिन्द्र–सम्पदाको परिवार विस्तार भएको टेलरले नै प्रष्ट पारेको छ । यस श्रृंखलामा परिवारको आकार बढेर आर्थिक अभावसँग जुध्ने सङ्घर्षशील गृहिणीको भूमिका निर्वाह गरेको वर्षा बताउँछिन् ।

 

 

483 shares