एन्फाका पदाधिकारी घुम्न गएपछि मन्त्री श्रेष्ठले दिए कारबाहीको निर्देशन

784 shares

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाउँदै कारबाहीको लागि निर्देशन दिएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को ‘झ’ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो।

784 shares