रमितलाई ५ घण्टा कुराएका ओलीको अभिनय एक टेकमै ओके

413 shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्ममा अभिनय गरेका छन् । मंगलबार उनले रमित ढुंगानाको ‘नमेटिने घाउ’मा प्रधानमन्त्रीको रोलमा अभिनय गरेका हुन् ।

सुटिङको सेड्युल बिहान ११ बजेको भएपनि ओली ४ बजे च्यासल पार्टी कार्यलयमा पुगेका थिए । बिहानैदेखि निर्माण टिम सेट लगाएर ओलीलाई पर्खिबसेको थियो । उनले गरेको अभिनय कभरेजका लागि संचारकर्मिहरुलाई पनि बोलाइएको थियो ।

ओली आएपछि निर्देशक ढुंगानाले उनको भूमिकाबारे बताएका थिए । उनले क्यामेरामा धुपबत्ती गरेर सुटिङ सुरु गरेका थिए । ओली हिँडेर हलमा प्रवेश गरेको पहिलो सट दुई टेकमा ओके भएको थियो । अन्य सटहरु एक टेकमै ओके भएको जनाइएको छ ।

एसिड पिडितको कथामा निर्माण गर्न लागिएको चलचित्रमा वास्तविक पिडितहरुलाई अभिनय गराइएको छ । त्यस्तै, राजनीतिककर्मिको भूमिकाका लागि पनि नेताहरुलाई नै प्रयोग गरिएको छ । नेताहरुलाई काम गराउँदा सजिलो भएको निर्देशक ढुंगानाले बताए । यसअगाडि उनले माधव कुमार नेपाललाई अभिनय गराएका थिए ।

देशको कथा भन्नु थियो त्यसैले यो पटक एसिड पिडितको कथामा फिल्म बनाउन लागेको रमितले बताए । एसिडका कारण पिडित भएकाहरुको घाउ कहिल्यै नमेटिने भएकाले फिल्मको नाम पनि नमेटिने घाउ राखिएको बताए ।

413 shares