‘भाइरल गोर्खे’को छायांकन सुरु, ब्रेकअपपछि सौगात र सृष्टि एकसाथ काम गर्दै

1.9K shares

काठमाडौँ । निर्देशक निगम श्रेष्ठको ‘भाइरल गोर्खे’को छायांकन सुरु भएको छ । मंगलबार लमजुङको भुजुङ गाउँमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरिउको हो ।

अभिनेता सौगात मल्लको पहिलो दृश्य खिच्दै फिल्मको छायांकन सुरु गरिएको छ । फिल्ममा सामाजिक संजालमा भाइरल हुन खोज्ने पात्रको कथा भनिने जनाइएको छ ।

फिल्मलाई विशाल ताम्राकार र महेश लामिछानेले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्ममा सौगातको साथमा लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहनेछ । सौगात र सृष्टिले ब्रेकअपपछि पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् ।

निगमले पछिल्लोपटक ‘छड्के’ निर्देशन गरेका थिए ।

1.9K shares