‘लण्डन टू पेरिस’को पोष्टरमा रोमान्टिक साम्राज्ञी र निश्चल

756 shares

काठमाडौँ । घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘लण्डन टू पेरिस’को पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ । फिल्म जेठ २५ गतेबाट प्रदर्शनमा आउने पक्का भएको हो ।

फिल्मको पोष्टरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल खड्का रोमान्टिक देखिएका छन् । उनिहरु एक अर्कालाई प्रेमिल चुम्बन गरिरहेको पोष्टरमा देख्न सकिन्छ ।

फिल्ममा साम्राज्ञी र निश्चलका अलवा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको चलचित्र एबी इन्टरनेशनलको प्रस्तुतिमा तयार भएको हो । फिल्ममा ट्राभल लभ स्टोरीको कथा देखाइने जनाइएको छ । छ ।

756 shares