हलमा ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’

1.81K shares

काठमाडौँ । २०८० को अन्तिम दिन हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । रामबाबु गुरुङको ‘डिग्री माइला’ र फिडेल देवकोटाको ‘द रेड सुटकेस’ ।

द रेड सुटकेट अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा अत्याधिक रुचाइएको फिल्म हो । बैदेशिक रोजगारीको कथा भन्ने फिल्मले फेस्टिभलहरुमा विभिन्न अवार्डहरु पनि जितेको छ । शो नपाएको भन्दै फिल्मले क्युएफएक्स चेनमा नलगाउने निर्णय गरेको छ । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा, सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

यता डिग्री माइला शैक्षीक बेरोजगारको कथामा निर्माण गरिएको छ । फिल्ममा रामबाबु र दयाहाङ राईको जोडिको जादु फेरि एकपटक देख्न सकिने अनुमान गरिएको छ । फिल्ममा दयाहाङ, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, प्रकाश घिमिरे, अनिल सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

1.81K shares