‘खजुरे ब्रो’ को टिजर सार्वजनिक

1.82K shares

काठमाडौँ । बैशाख २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खजुरे ब्रो’ को टिजर सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर निर्माण टिमले आज डेढ मिनेटको टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा फिल्मको प्रमुख पात्रहरुलाई चुस्स चुस्स देखाइएको छ । फिल्मको कथा सहकारीसँग सम्बन्धित रहेको टिजरले इसारा गरिएको छ । पात्रहरुको अल्लारेपन, प्रेम, साथित्व, लोभलाई टिजरमा देखाइएको छ ।

सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको फिल्ममा रेयर राई, महेश त्रिपाठी, नविन मानन्धर, नीति शाह, विनिता थापा मगर, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा नविन मानन्धर र सुरज सुनुवारको लगानी रहेको छ भने कार्यकारी निर्माता डायमन्ड उप्रेति रहेका छन् ।

 

1.82K shares