आर्यन, प्रदीप र पल स्टारर ‘पुजार सार्की’को टिजर सार्वजनिक

805 shares

काठमाडौँ । वर्ष २०८१ को बहुप्रतिक्षित नेपाली चलचित्र पुजार सार्कीको टिजर सार्वजनिक भएको छ । आज नयाँ वर्षको पूर्वसन्ध्यामा फिल्मको डेढ मिनेटको टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा फिल्मका मुख्य कलाकारहरुलाई देखाइएको छ । फिल्ममा २०४६ साल वरिपरिको कथा रहेको टिजरमा देखाइएको छ । टिजरले दर्शकमा कौतुहलता सिर्जना गर्ने देखिएको छ । पल शाहले बन्दुक बोकेर गाउँलेहरुको साथमा आर्यन र प्रदीपलाई लखेटेका छन् । जातिय विभेद विरुद्धको कथा फिल्ममा रहेको जनाइएको छ । टिजरले फिल्ममा त्यो वेलाको समाजिक परिवेशको चित्रण गर्ने संकेत गरेको छ ।

विकाश सुवेदीको कथा रहेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन् । किंगडम नेटवर्ककको व्यानरमा निर्माण गरिएको फिल्ममा आर्यन, प्रदीप, पलको साथमा अन्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ।

 

805 shares