‘महाजात्रा’को कमाई २३ करोडमाथि

532 shares

काठमाडौँ । चैत्र ९ गतेबाट प्रदर्शनमा आएको ‘महाजात्रा’ले हलमा दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्म आजबाट चौथो हप्तामा प्रवेश गरेको छ ।

निर्माण टिमका अनुसार फिल्मले हाससम्म २३.१ करोडको ग्रस कलेक्सन गरेको छ । यो दाबिलाई मान्ने हो भने फिल्म यो वर्षको दोस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।

दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको फिल्मले कमाईको मामलामा सबैलाई पछाडि छोड्ने देखिएको छ । अहिलेपनि हलमा फिल्म उत्साहजनक रुपमा व्यापार गरिरहेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।

532 shares