जितु पछि ‘ज्वाइँ साब’मा विल्सन विक्रम भित्रिय
वि.सं.२०८१ वैशाख ३ सोमवार १४:००
812
shares
काठमाडौँ । बसन्त निरौलाको निर्देशनमा निर्माण हुने फिल्म ‘ज्वाइँ साब’मा विल्सन विक्रम राई अनुबन्धित भएका छन् । यस अगाडि फिल्ममा जितु नेपाल र नीति शाह अनुबन्धित भइसकेका छन् ।
रेड आई फिल्मस्, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्ममा जितु, विल्सन, नीतिका साथमा हिमेश पन्तको अभिनय रहने जनाइएको छ । कमेडि जनराका कलाकार धेरै अनुबन्धित भएकाले फिल्ममा कमेडि भरपुर हुने अनुमान लगाउन सकिन्छ ।
सविन अधिकारीको कथा, र शंकर धितालको पटकथा तथा संवाद रहने फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।
वि.सं.२०८१ वैशाख ३ सोमवार १४:००
812
shares