आजबाट शिल्पी थियटरमा ‘बाजी’ मञ्चन हुने
वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५५
1.81K
shares

काठमाडौँ । शिल्पी थिएटर बत्तीसपुतलीमा आजबाट नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । नाटक ३० गतेसम्म मञ्चन हुनेछ ।
नाटक एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथा ‘बाजी’लाई रङ्गकर्मी रविन परियारले नाट्य रूपान्तरण र निर्देशन गरेका छन् । नाटकमा ज्ञान मानिस रूपान्तरण हुने संवाहक हो भन्ने कुरा देखाइने जनाइएको छ ।
नाटकमा गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जय प्रकाश ताजपुरियाको अभिनय रहनेछ ।
नाटकमा अनुप तिमिल्सिनाले सङ्गीत संयोजन, प्रकाश परिकल्पना र सञ्चालन प्रेम चन्द पाण्डे र भेषभूषा परिकल्पनामा सङ्गीता उराँव रहेका छन् । सेट परिकल्पना र निर्माण धनराज सुनार र गोविन्द ओलीको छ भने सङ्गीत सञ्चालन अरविन्द कुमार मौर्यको रहनेछ ।
वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५५
1.81K
shares







