डकुड्रामा ‘हामी छौं’को ‘यो नजिकको कुरा’ सार्वजनिक

455 shares

काठमाडौँ । डकुड्रामा ‘हामी छौं सिजन १’ को एक गीत सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘यो नजिकको कुरा’ गीत सार्वजनिक गरेको हो ।

आनन्द अधिकारीको स्वर रहेको गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ । गीतमा प्रताप दास र रचना रिमालले स्वर दिएका छन् । भिडियोमा कलाकार सलिना बस्नेत र आर्यन पोडेललाई रोमान्टिक अवतारमा देखाइएको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामाको पहिलो सिजन ७ भागको रहनेछ । दशैँको छेकोमा ओटीटीमा रिलिज हुने डकुड्रामामा सलिना र आर्यनको साथमा उमा कार्की, सुमिन गुरुङ, सुशान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान लगायतका कलाकारको अभिनय रहनेछ ।

डकुड्रामालाई रामजी राउतले निर्देशन गरेका छन् ।

 

 

455 shares