महिलाको कथामा बनेको ‘सतीदेवी’को ट्रेलर सार्वजनिक

2.35K shares

काठमाडौँ । लक्ष्मण सुवेदीको निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार ओएसआर डिजिटल मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको पोष्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्ममा मलिका महत मुख्य भूमिका छिन् । महिलाको कथामा निर्माण भएको फिल्ममा छोरी मात्र जन्मँदा नेपाली समाजले गर्ने व्यवहारलाई प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सोचलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

भदौ ७ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा मलिकाको साथमा हर्षिका वली, मन्जिला बनियाँ, सन्दिप बाबु लोहनी, रमेश बुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको कथा निर्देशक सुवेदीले नै लेखेका हुन् । फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदीको लगानी रहेको छ ।

 

 

2.35K shares