‘रावायण’को टिजरमा पल शाहको ‘रावण’ अवतार

वि.सं.२०८१ साउन १८ शुक्रवार ०८:५२

काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘रावायण’को टिजर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो ।
१ मिनेट २० सेकेन्डको टिजरमा फिल्मका अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । साउथ इन्डियन फ्लेवरको टिजरमा अभिनेता पल शाहको रावण अवतार देख्न सकिन्छ । एक्सनले भरिएको टिजरमा पलको राक्षस रुप देखिएको छ । पुर्ण एक्सनले भरिएको टिजरले दर्शकमाझ उत्साह जगाउने देखिएको छ ।
शिवम् अधिकारीको कथा रहेको फिल्ममा पल शाहको साथमा पुजा शर्मा, प्रमोद अग्रहरी, प्रीयंका कार्की, निकिता चाण्डक लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई पुजा शर्मा प्रोडक्सन र सुदर्शन थापा प्रोडक्सनले निर्माण गरेको हो ।
लभस्टोरी जनरामा रुचाइएका निर्देशक थापाले एक्सन जनरामा पनि राम्रो सम्भावना देखाएका छन् । फिल्म भाद्र २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

वि.सं.२०८१ साउन १८ शुक्रवार ०८:५२