नाजिर, गौरव र शिल्पा अभिनित ‘देवी’को टिजर सार्वजनिक

826 shares

काठमाडौँ । भदौ २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देवी’को टिजर सार्वजनिक भएको छ । शनिबार ओएसआर डिजिटलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

नाबालिक बलात्कारको घटनालाई टिजरमा प्रस्तुत गरिएको छ । स्वायत्त अधिकार नहुँदा अपराधिको स्केच हुँदा पनि पक्राउ गर्न नसकेको प्रहरीको विषय टिजरमा देखाइएको छ । खुलेआम हिँड्ने बलात्कारी र निरिह प्रहरी अफिसरको कथा टिजरले देखाउँछ ।

क्राइम, थ्रिलर र सस्पेन्सले भरिएको टिजरमा नाजिर हुसेनको पात्रको बारेमा खुलाइएको छैन । सन्जोग राईको निर्देशनमा बनेको फिल्ममा राई र अजय गौतमको लेखन रहेको छ । फिल्मलाई एक्जिबिट स्टुडियोले बाँसुरी फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो ।

फिल्ममा नाजिरको साथमा शिल्पा मास्के, गौरव पहारी, टीका पहारी, ध्रुब कोइराला, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का, निरिक्षा घतानी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता जावेद खान हुन् भने सह–निर्माताहरुमा उजेन नोर्वे गुरुङ, मिलन लामा, शिल्पा मास्के र नारायण गुरुङ रहेका छन् ।

फिल्म सुदर्शन थापाको ‘रावायण’सँग जुध्ने भएको छ । रावायणमा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेका छन् ।

 

826 shares