पल शाहको लुक्सको ट्रोल किन भइरहेको छ ?

वि.सं.२०८१ साउन १९ शनिवार ०६:५४

काठमाडौँ । शुक्रबार सुदर्शन थापाको निर्देशनमा बनेको ‘रावायण’ ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि क्रिया प्रतिक्रियाहरु सार्वजनिक भइरहेका छन् ।
एक्सन ड्रामा जनराको फिल्ममा पल शाहले डबल रोल गरेका छन् । उनले टिजर भरि नै एक्सन गरेको देखिन्छ । अन्य पात्रहरुभन्दा पुरै पल नै हावि देखिन्छन् । संवादरहित टिजरले दर्शकको उत्साहको साथमा ट्रोल पनि खेपिरहेको छ ।
विशेषगरि पल शाह दुई लुक्स टिजरमा देखिन्छ । एउटा लुक्सलाई लिएर ट्रोल भइरहेको हो । एउटा पात्रकोलुक्समा उनको लामो कपाल र दाह्री देख्न सकिन्छ । दमदार देखिएको टिजरमा उनको यहि लुक्स दर्शकलाई विझाएको छ । उनको विग र दाह्री पुरै नक्कली देखिएको छ ।
नयाँ भनिएको लुक्समा उनलाई हास्यास्पद देखाइएको छ । पुरै नक्कली देखिने उनको लुक्सले दर्शकलाई थोरै निराश बनाएको देखिन्छ । टिजर राम्रो भएपनि उनको लुक्समा दर्शकको प्रतिक्रिया नकरात्मक देखिएको छ । यसको प्रभाव फिल्ममा पर्न सक्छ ।
फिल्ममा पलको साथमा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ । भाद्र २१ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।

वि.सं.२०८१ साउन १९ शनिवार ०६:५४