फागुन १६ मा ‘होस्टेल ३’

1.64K shares

काठमाडौँ । सशान कँडेलले निर्देशन गर्ने चलचित्र ‘होस्टेल ३’ को प्रदर्शन मिति तय भएको छ । कलाकारहरुको छनौट भइरहेको चलचित्र अब फागुन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

भदौ २१ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिष घिमिरे र हेना नगरकोटीको इन्ट्रि भएको छ । फिल्ममा यसअगाडि ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन् ।

स्टार जन्माउने श्रृंखलाको रुपमा परिचित होस्टेल सिरिजका यसअगाडिमा श्रृंखलाबाट अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी, प्रकृति श्रेष्ठ, रिस्ता बस्नेत, सुशिल सिटौला, स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशिल श्रेष्ठ नेपाली चलचित्रमा उदाएका थिए ।

निर्देशक कँडेलकै कथा रहेको फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् । फिल्मालाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। फिल्ममा कर्ण कार्की, गोविन्द अधिकारीको लगानी रहेको छ भने कार्यकारी निर्माता शंकर कोइराला हुन् । सह –निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन् । फिल्मको लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

1.64K shares