‘डबल आइस्मार्ट’ को ट्रेलर सार्वजनिक (भिडिओ)

1.04K shares

काठमाडौँ । साउथ इन्डियन अभिनेता राम पोथिनेनी स्टारर फिल्म ‘डबल आइस्मार्ट’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

फिल्मको पहिलो पार्ट २०१९ मा आएको थियो । ‘आइस्मार्ट शंकर’ले त्यो बेला बक्सअफिसमा धुम मच्चाएको थियो । यसकै दोश्रो पार्टको रुपमा डबल आइस्मार्ट आएको छ । फिल्ममा राम पोथिनेनीसँग बलिउड अभिनेता सञ्जय दत्तको भिडन्त हुने ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

फिल्मलाई पुरी जगन्नाथले निर्देशन गरेका छन् । १५ अगष्टदेखि फिल्म विश्वभर रिलिज हुँदैछ ।

 

1.04K shares