‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु
वि.सं.२०८१ साउन २५ शुक्रवार ११:२३
672
shares
काठमाडौँ । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायांकन आजबाट सुरु भएको छ । गोदावरीबाट फिल्मको छायांकन सुरु भएको हो ।
३० दिनको छायांकन सेड्युल रहेको फिल्मको पहिलो दिनको छायांकनमा आर्यन सिग्देल र केकी अधिकारीको दृश्य कैद गरिएको जनाइएको हो । फिल्मको शुभसाइतमा सम्पुर्ण कलाकार र प्राविधिक उपस्थित भएका थिए ।
फिल्ममा आर्यन र केकीको साथमाखगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहेको छ ।
वुद्धिसागरको लेखेको फिल्ममा सामाजिक विषयवस्तुलाई देखाइने जनाइएको छ । शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
वि.सं.२०८१ साउन २५ शुक्रवार ११:२३
672
shares