फूलपातीमा रोचक भिडन्त, थपियो ‘१२ गाउँ’

567 shares

काठमाडौँ । सार्वजनिक विदाको समयमा फिल्महरु भिड्नु नौलो कुरा रहेन नेपाली चलचित्रका लागि । विदामा फिल्म प्रदर्शन गर्दा राम्रो व्यापार गर्ने अपेक्षा मेकरहरुको रहन्छ । यस्तोमा धेरै फिल्म प्रदर्शनका लागि सार्वजनिक विदा कुर्ने गर्छन् ।

यस्तोमा यो वर्षको दशैँ नेपाली चलचित्रका लागि रोचक बन्ने भएको छ । दशैँको अवसरमा तीन नेपाली फिल्मको भिडन्त पक्का भएको छ । असोज २४ अर्था फुलपातीका दिन अपेक्षा गरिएका तीन फिल्म भिड्ने भएका छन् ।

दीपक दीपाको सफल फ्रेन्चाइजी ‘छक्का पन्जा’को पाँचौँ श्रृंखला, सोहि टिमबाट छुट्टीएका जितु नेपालको सोलो फिल्म ‘ज्वाइँ साब’ र विराज भट्टका छोरा समिर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ एकसाथ प्रदर्शनमा आउने भएका हुन् । सुरुमा ‘छक्का पन्जा ५’ मात्रै आउने गरि प्रदर्शन मिति तोकिएको थियो । यता कता ‘१२ गाउँ’ पनि आउने हो कि भन्ने हल्ला सिने नगरीमा थियो । तर, अचनाक ‘ज्वाईँ साब’ पनि सोहि मितिमा आउँदा भने भिडन्त रोचक हुने भएको छ ।

यस्तोमा विराजको ‘१२ गाउँ’को पनि सोहि मितिमा प्रदर्शन मिति तोकिएको छ । एक्सन जनरामा निर्माण भएको फिल्मको मंगलबार पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकिएको हो । पोस्टरमा समिर भट्टलाई प्रस्तुत गरिएको छ । उनि बडि देखाएर बन्दुक चलाइरहेका छन् । पृष्ठभूमिमा गाउँको बस्ती देखाइएको छ । फिल्ममा विराज भट्ट, पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु) लगायता कलाकारको अभिनय रहेको छ ।

फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत रहेको छ भने रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मको कथा विराजले नै लेखेको हुन् भने सन्तोष सरकारको पटकथा तथा संवाद फिल्ममा देख्न पाइन्छ ।

फुलपातीमा तीन नेपाली फिल्म दक्षिण भारतको ‘कंगुवा’ र हलिउडको ‘जोकर २’ आउने भएका छन् । ‘कंगुवा’ र ‘जोकर २’ पनि नेपाली दर्शकका लागि प्रतिक्षित फिल्म हुन् ।

567 shares