हलमा ‘बुलाकी’, कस्तो गर्ला व्यापार ?
वि.सं.२०८१ साउन ३२ शुक्रवार ०३:२२
476
shares
काठमाडौँ । लक्ष्मण सुनारको निर्देशनमा बनेको चलचित्र ‘बुलाकी’ पुन: प्रदर्शनमा आएको छ । यो शुक्रबार नेपाली फिल्म बुलाकी मात्रै प्रदर्शनमा आएको छ ।
गत वर्ष प्रदर्शनमा आएको बुलाकीले त्यतिबेला भनेजस्तो हल नपाएको भन्दै हलबाट उत्रीएको थियो । त्यतिबेला दर्शकले फिल्म हेर्न नपाएकाले पुन: रिलिज गर्नुपरेको निर्माण टिमको दाबी छ ।
छत्रेश्वरी म्यानेजमेन्टको निर्माण बनेको बुलाकीमा सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् ।
हलमा बुलाकी मात्रै नेपाली फिल्म रिलिज भएको हो । अन्य फिल्म बलिउडका मात्रै छन् । यस्तोमा बुलाकीले फाइदा उठाउन सक्छ ।
वि.सं.२०८१ साउन ३२ शुक्रवार ०३:२२
476
shares