‘स्त्री २’ ले बनायो नयाँ रेकर्ड, ओपनिङ कति ?

560 shares

काठमाडौँ । बलिउडको हरर कमेडी फिल्म ‘स्त्री २’ ले दमदार ओपनिङ गरेको छ । २०२४ को सबैभन्दा धेरैको ओपनिङ गर्ने फिल्म बनेको छ ।

फिल्मले ५५.४० करोडको ओपनिङ गरेको छ । फिल्मले पठानको ५५ करोड ओपनिङको रेकर्ड पनि तोडेको छ । बुधबार गरिएको प्रिभ्यु शो मा ९.४० करोडको कलेक्सन गरेको फिल्मले ६४.८० करोडको कलेक्सन गरेको छ ।

फिल्मलाई दर्शक र समिक्षकको राम्रो प्रतिक्रिया मिलेकाले बक्सअफिसमा नयाँ नयाँ रेकर्डहरु कायम हुने अनुमान गरिएको छ । पहिलो पार्ट ‘स्त्री’ले पनि दमदार कलेक्सन गर्दै विभिन्न रेकर्डहरु बनाएको थियो ।

अमर कौशिकको निर्देशन रहेको फिल्ममा राजकुमार राव, श्रद्धा कपुर, पंकज त्रिपाठी, अपारशक्ति खुराना र अभिषेक बनर्जी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा वरुण धवन ‘भेडिया’ को भूमिकामा छन् । फिल्ममा तमन्ना भाटिया पनि सानो भूमिकामा देखिनेछिन् । अक्षय कुमारको पनि केमियो भूमिका फिल्ममा रहेको छ ।

560 shares